घरबेटीहरुलाई कुलमानको चेतावनी : प्राधिकरणले तोकेको भन्दा धेरै शुल्क नलिनु
काठमाडौं, भाद्र २९ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन घरबेटीहरुलाई चेतावनी दिएका छन् । प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क नलिन घरबेटीहरुलाई चेतावनी दिएका हुन् ।
‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’ प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उनले आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रिया