एमबीबीएसको प्रवेश परीक्षा लिन त्रिविलाई बाटो खुल्ला
काठमाडौं, भाद्र २९ – सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि आफैंले दिएको अन्तरिम आदेश बदर गरेको छ।न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको हो।
आइतबारको आदेशसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि प्रवेश परीक्षा लिन बाटो खुलेको छ।विद्यार्थी आयुष ओझासमेतले चिकित्सा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा लिन लागेको भन्दै रिट हालेका थिए।
तपाइँको प्रतिक्रिया