माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने
काठमाडौं, भाद्र २९ – भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् ।नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् ।
सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । यो समाचार आर्थिक अभियानमा दुर्गा लामिछानेले लेखेकी छिन् ।
तपाइँको प्रतिक्रिया