बंगलादेशबिरुद्द नाटकिय जित हात पार्दै भारत बन्यो यू१९ एसिया कप च्याम्पियन
भाद्र २८ – एसीसी यू१९ एसिया कप २०१९ को उपाधि भारतले नाटकिय रुपमा जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बंगलादेशलाई ५ रनले पराजित गर्दै भारतले उपाधी जितेको हो ।
भारतले दिएको १ सय ७ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको बंगलादेश ३३ ओभरमा १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो ।बंगलादेशका लागि कप्तान अकबर अलीले २३ र मृत्तुन्जय चौधरीले २१ रनको यागदान दिएपनि टोलीको हार टार्न सकेनन् । भारतका अर्थभ अन्कोलेकर एक्लैले ५ विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३२.४ ओभरमा १ सय ६ रनमा समेटिएको थियो ।बंगलादेशको धारीलो बलिङ सामु भारतका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका लागि कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का ३७ रन बनाए । कप्तान धुब्र जुरेल ३३ र ससावत रावतले १९ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन ।बंगलादेशका शामिम हसन र मुत्तुन्जय चौधरीले समान ३ विकेट लिए भने शाहिन आलम र हसन सकीबले समान १-१ विकेट हात पारे । एजेन्सी
तपाइँको प्रतिक्रिया