सदस्य समेत नरहने गरी तरुण दलका महासचिव शाही बर्खास्त
काठमाडौं, भाद्र २८ – नेपाल तरुण दलले महासचिव भुपेन्द्रजंग शाहीलाई पदबाट हटाएको छ।शनिबार दलले एक विज्ञप्तिमा गर्दै शाहीले पदीय मर्यादा, जिम्मेवारी र दलको आदर्श एवं सिद्धान्तविरपरीत अनुशासनहीन कार्य गरेकोले उनलाई पदबाट हटाइएको शनिबार दलले एक विज्ञप्तिमा गर्दै
शाहीलाई तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको दलका अध्यक्ष जितजंग बस्नेतद्वारा लिखित विज्ञप्तिमा बताइएको छ।अध्यक्ष बस्नेतले कारबाही गरेका सिन्धुपाल्चोक उपाध्यक्षलाई महासचिव शाहीले एकलौटी ढंगले पत्र पठाएर फुकुवा गरेपछि विवाद बढेको थियो।
सप्तरी तरूण अध्यक्षमा सीताप्रसाद यादवलाई पनि अध्यक्ष तोकेर पत्र पठाएको भन्दै महासचिव शाहीलाई पदीय मर्यादाभित्र बस्न अध्यक्ष बस्नेतले चेतावनी दिँदै आएका थिए।‘तरूण दलको सभापतिको हवला दिएर अबदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएकोसमेत स्पष्ट पार्न चाहन्छौं,’ शाहीले निकालेको विज्ञप्तिमा भनिएको थियो।
तपाइँको प्रतिक्रिया