चन्दन र एलिशा बने मिस्टर एण्ड मिस टुरिजम चितवन
चितवन, भाद्र २८ – चन्दन रौनियार र एलिशा बराल क्षेत्री मिस्टर एण्ड मिस टुरिजम चितवन सिजन २ को बिजेता बनेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलको हलमा आज (शनिबार) सम्पन्न फाइनलमा अन्य प्रतिस्पर्धीहरुलाई पछी पार्दै चन्दन मिस्टर टुरिजम चितवन तथा एलिसा मिस टुरिजम चितवन बन्न सफल भएका हुन् ।
बिजेता बनेका चन्दन र एलिसालाई चितवन पर्यटन बोर्डले चितवन टुरिजमको ब्राण्ड एम्बास्डर बनाउनेछ भने एभरेष्ट फिल्म एकेडेमीबाट छात्राबृती तथा ब्रोसिस इभेन्ट र संयम स्टुडियोबाट म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । यस्तै सुरज खान र टिसा श्रेष्ठ फर्स्ट रनर अप बन्न भएका छन् भने रेश्मा विश्वकर्मा र बिजित कँडेल सेकेन्ड रनरअप भएका छन् ।
अन्य बिभिन्न बिधामा सब टाइटल समेत प्रदान गरिको छ । उद्योग बाणिज्य संघ चितवन सँगको सहकार्यमा क्रिजना नेटवर्कले आयोजना गरेको उक्त सौन्दर्य प्रतियोगिताको फाइनलको लागि १३ जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । गत श्रावण ११ र १८ गते समपन्न अडिसनबाट ६ जना युवा र ७ जना युवती फाइनलका लागि छनोट भएका थिए ।
कसलाई कुन सब टाइटल :
१) बेस्ट वाक – टिसा श्रेष्ठ
२) बेस्ट पर्सनालिटी – चन्दन रौनियार र सिशम कार्की
३) बेस्ट डिसिप्लिन – स्वप्न पुन र कुशल चापागाई
४) मिस्टर मिस फोटोजेनिक – कुशल चापागाई टिसा श्रेष्ठ
५) मिस मल्टिमिडिया – रेश्मा विश्वकर्मा
६) पिपुल चोइस अवार्ड – एलिसा बराल क्षेत्री
७) मिस्टर मिस कन्फिडेन्ट – बिजित कँडेल एलिशा बराल क्षेत्री
तपाइँको प्रतिक्रिया