वित्तिय साक्षरताको लागि सिभिल बैंक नारायणगढको घरदैलो कार्यक्रम सम्पन्न
चितवन, भाद्र २८ – सिभिल बैंक लिमिटेड नारायणगढ शाखाको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बैंकले एक विज्ञप्ती सार्वजनिक गर्दै वित्तिय साक्षरताको लागि आयोजना गरेको घरदैलो कार्यक्रम सम्पन्न भएको जनाएको हो ।
बैंकको नारायणगढ शाखाबाट शुरु भएको घरदैलो कार्यक्रम भरतपुर २ क्षेत्रपुर मण्डी हुँदै पुन: बैंकमा पुगेर सम्पन्न भएको जारी विज्ञप्तीमा जनाईएको छ । कार्यक्रममा बैंकका कर्माचारीहरु सँगै समाजका प्रतिष्ठित ब्यक्तीहरुको सहभागीता रहेको थियो । यो अभियानलाई देशव्यापी बनाउने योजना रहेको बैंकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया