किटको अभाव टर्यो , चिकित्सकको अभाव कायमै
सूर्यप्रसाद अधिकारी, भदौ २७, चितवन। मेडिकल सिटीको रुपमा विकसित भईरहेको चितवनका अस्पतालमा हाललाई डेंगुको परीक्षण गर्ने किटको अभाव टरेपनि चिकित्सक एवं स्वास्थ्यकर्मीको अभाव भने कायमै छ ।
जिल्लामा प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमित बिरामीको तुलनामा चिकित्सकको संख्या कम भएपछि अभाव खड्किएको हो । चिकित्सक एवं स्वास्थ्यकर्मी अभाव भएपछि जनशक्ति माग गरिएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
हाल भरतपुर अस्पतालमा एकजना डाक्टरले दैनिक सयभन्दा बढी बिरामी जांँच गर्नुपरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल बताउंँनुहून्छ । ‘अहिले दैनिक पांँचसय भन्दा बढी ज्वरो र डेंगुका छन, उहांँले भन्नुभयो, जम्मा ५ चिकित्सक र ५ स्वास्थ्यकर्मीले धानिनु परेको छ ।’ अस्पतालमा अत्याधिक चाप बढेपछि मन्त्रालयसंँग ५ जना चिकित्सक र ५ जना स्वास्थ्यकर्मी माग गरिएको उहांँले बताउनु भयो । अन्य समयमापनि जनशक्ति अभाव झेलिरहेको अस्पतालले डेंगुको महामारी फैलिएपछि झनै समस्यामा परेको हो ।
महामारी नियन्त्रण नआएपछि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहहरुसंँग बैठक बसेको जिल्ला स्वास्थ्य कार्यालय, चितवनका सूचना अधिकारी अनुप अधिकारीले बताउनुभयो । उहांँका अनुसार चिकित्सक र अन्य स्वास्थ्यकर्मी अभाव भएपछि महानगरपालिकाका सबै स्वास्थ्यकर्मीलाई जिल्लाका सरकारी अस्पतालमा परिचालन गर्न लागिएको छ । ‘स्वास्थ्यकर्मीको अभाव छ , उहांँले भन्नुभयो, त्यसलाई सहज गर्न र उपचार प्रभावकारी बनाउन महानगरसंँग समन्वय भईरहेको छ ।’ छिमेकी जिल्ला लगायत अन्य जिल्लाहरुबाट विरामी आउने गरेपनि करीब ८० प्रतिशत बिरामी चितवनकै रहेको उहांँको भनाई छ ।
सरकारी अस्पतालहरुले विरामीको चाप थेग्न नसकेपछि नीजि अस्पतालहरुका बेड पनि खचाखच भरिएका छन । अन्य बिरामीहरु नगन्य मात्रमा आएपनि डेंगु र भाइरल ज्वरोका बिरामीको चाप अत्यधिक भएको चितवन मेडिकल अफ साइन्सेस, भरतपुरका जनसम्पर्क अधिकृत दुर्गा न्यौपाने बताउंँनुहुन्छ । अस्पतालमा फिजिसियन चिकित्सकको अभावका कारण चिकित्सकको काम गर्ने समय तालिका बढाईएको उहांँले बताउनु भयो । ‘नर्मल्ली डाक्टरको वर्किङ्ग आवर ८ घण्टा हो, उहांँले भन्नुभयो,, डेंगुका बिरामी बढेपछि उनीहरुको समय बढाएर १२ घण्टा अनिवार्य गरेका छौं ।’ चिकित्सकको अभाव भएपछि इन्र्टनसिप गर्दै गरेका चिकित्सक विद्यार्थी र स्वास्थ्यकर्मीबाट अभावको परिपुर्ती गरिरहेको उहांँले बताउनु भयो । हाल सो अस्पतालमा ४ जना फिजिसियन बिेषशज्ञ सहित अन्य स्वास्थ्यकर्मीले डेंगुको उपचारका लागि बहिरंग विभाग हेरिरहेको न्यौपानेको भनाई छ । अस्पतालहरुमा ओपिडी हेर्ने चिकित्सकको अभाव भएसंँगै भर्ना भएका विरामी हेर्नको लागि २४ सै घण्टा चिकित्सकले आलोपालो गरिरहेका छन ।
चितवन मेडिकल कलेजमा पनि डेंगु परीक्षण निशुल्क गरेंसँगै अस्पतालमा अत्याधिक चाप बढेको अस्पतालका अपरेसन मेनेजर पारस अधिकारी बताउंँनुहुन्छ । ‘फिजिसियन चिकित्सकको अभाव भएपनि ,हामीले अन्य वार्डका स्वास्थ्यकर्मीबाट अभाव पुर्तीको प्रयास गरेका छौं’ उहांँले भन्नुभयो । उहांँका अनुसार दैनिक २०० देखि ३०० जनाको डेंगुको परीक्षणका लागि अन्य जनशक्ति पनि परिचालन गरिएको छ । अहिले ८ जना डाक्टरले चौबीसै घण्टा हेरेका छन, उहांँले भन्नुभयो, आबश्यक परे अन्य बिद्यार्थीहरुलाई पनि व्यवस्थापन गर्नेछौं ’। ्
स्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारी अनुसार बिहीबार सम्म ५ हजार १सय ७८ जनाको डेंगु परीक्षण गरिएको मध्ये १ हजार ६सय २१ जनामा डेंगुको संक्रमण देखिएको छ । यसमध्ये १ हजार २०० जना भरतपुर महानगरपालिकाका मात्रै बिरामी छन भने । जिल्लामा १हजार ३ सय ३४ जनामा डेंगुको परीक्षण गरिएको छ । अन्य बांँकी बाहिरी जिल्लाका बिरामी रहेका छन । साउन यता जिल्लामा डेंगु र स्क्रबटाइफसबाट ४ जनाको ज्यान गईसकेको छ।
तपाइँको प्रतिक्रिया