साल्ट ट्रेडिङ्गको सुपथ मुल्यको पसलमा आकषर्ण बढ्दै, शनिवार पनि सेवा (विवरण सहित)
चितवन २७ भदौ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले शुरु गरेको सुपथ मूल्यको पसलमा ग्राहकहरु आकर्षित भएका छन् ।
सहज र सस्तोमा सामान पाउने भएपछि चाडवाडका उपभोक्ताहरु यहाँको पसलमा सामान लिन आउने क्रम दैनिक रुपमा बढ्दो छ ।
मंगलबारदेखि शुरु भएको उक्त सुपथ मुल्यको पसलमा बजार मुल्यभन्दा प्रति किलोमा नै रु १० रुपैयाँसम्म सस्तो रहेको छ । नुन, चिनी, दाल गेडागुडीलगायत ३० प्रकारका खाद्य सामग्री यहाँ पाईन्छ ।
प्रतिकेजीमा सस्तो पर्ने गरी चिनिसहित ३० प्रकारका खाद्यय बस्तु बिक्री गर्ने गरी सुफत मुल्यको पसल सञ्चालनमा ल्याएको हो । चितवनको साल्ट ट्रेडिंगले हरेक वर्ष सुपथ मुल्यको पसल सञ्चालन गर्दै आएको छ ।
अझ गाएँगाउँमा पुगेर घुम्ती सेवा समेत दिएको साल्ट ट्रेडिंगका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । छठ पर्वसम्मनै यहाँ सेवा उपलव्ध हुने छ । शनिवार समेत पसल खुला हुने जनाईएको छ ।
यहाँ चिनीको मूल्य प्रतिकेजी ७२, नुनको मूल्य १८ रहेको छ । ग्राहकले एक पटकमा एकजनाले ६ केजी चिनि र दुई केजी नुन खरिद गर्न सक्ने छन् भने अन्द गेडागुडी दाल आवश्यक मात्रामा लैजान सक्ने छन् ।
आगामी कात्तिक १७ गतेसम्म पसल सञ्चालन हुने दाहालले बताउनुभयो । यहाँबाट विक्रिहुने खाद्य सामाग्रीको लिष्ट तल हेर्न सकिन्छ ।
तपाइँको प्रतिक्रिया