रोल्पा पहिरो अपडेट : एकै परिवारका ६ जनाको शव फेला

एटुजेड समाचार

थवाङ, भदौ २७ – रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जिल्लाको थबाङ –२ छेर्लबाङमा गएराती आएको पहिरोले घर पुरेको हो ।

पुरिएको घरमा एकै परिवारका गरी ६ जना बस्दै आएका थिए ।प्रहरीका अनुसार, मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा रहेका छन् ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु