पशु कल्याणका पक्षमा चितवनका युवाद्वारा चेतना मुलक र्याली
चितवन भाद्र २६ : देशका बिभिन्न ठाउँहरुमा पशु क्रुरताका घटनाहरु घटिरहेको अवस्थामा चितवनमा भने पशु कल्याणका पक्षमा चेतना मुलक र्याली तथा चेतना मुलक नाटक आयोजना गरिएको छ । मान्छेलाई जस्तै पशुलाई पनि माया गर्नुपर्छ भन्ने भावना जागृत होस भन्ने उद्धेश्यले आयोजना गरिएको र्याली भरतपुरको चौबिसकोठीबाट सुरु भएर लायन्सचोक, शहिदचोक, पुल्चोक हुँदै नारायणी नदी किनारमा पुगेर फ्ल्यास मव सँगै सचेतना मुलक नाटकमा परिणत भएको उक्त कार्यक्रमकी संयोजक भिमा थापा मगरले बताइन।
पशु व्यवस्थापनको कानुन येथा शीघ्र कर्नवयन गरिनु पर्दछ, पशुको निर्मम हत्या तत्काल रोकिनु पर्दछ, पशु हत्या गर्ने जो कोहीलाई पनि कारबाहीको घेरामा ल्याउनु पर्दछ, पशु ढुवानी मापदण्ड र पशुकल्याण निर्देशिका कार्यान्वयन गरिनु पर्दछ लगायतका नारा लेखिएका पम्प्लेट सहित सयौँ विद्यार्थी तथा सामाजिक अभियन्ता उपस्थित भएका कार्यक्रमको औपचारिक खण्डलाई बेटर चितवनका संयोजक सुबास सापकोटाले सन्चालन गरेका थिए । एन.भि.एस.ए-रामपुर का अध्यक्ष बिसाल पाठक र एन.भि.एस.ए.-एनपिआई का प्रतिनिधी क्रिस भुर्तेल ले पशु कल्याणका विषयमा मन्तव्य राखेका थिए । कार्यक्रमको बेटर चितवन अभियान, नेपाल भेटेरीनेरी विद्यार्थी एसोसिएसन रामपुर क्याम्पस र नेपाल भेटेरीनेरी विद्यार्थी एसोसिएसन एनपिआई कलेजले संयुक्त रुपमा आयोजना गरेका हुन।
तपाइँको प्रतिक्रिया