मिस्टर एण्ड मिस टुरिजम चितवनको फाइनल भाद्र २८ गते
चितवन, भाद्र २६ – मिस्टर एण्ड मिस टुरिजम चितवन सिजन २ को फाइनल भाद्र २८ गते शनिबार हुने भएको छ । उक्त सौन्दर्य प्रतियोगिताको फाइनल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलको हलमा हुने आयोजक क्रिजना नेटवर्कका चितवन ब्रान्च प्रमुख संकेत गौतमले ए टु जेड समाचारलाई जानकारी दिए ।
प्रतियोगिताको फाइनलको लागि १३ जना प्रतिस्पर्धीहरु छनोट भएको गौतमले बताए । गत श्रावण ११ र १८ गते समपन्न अडिसनमा सहभागी ३५ जना मध्य १३ जना फाइनलको लागि छनोट भएका हुन् । १३ जना मध्य ६ जना युवा र ५ जना युवती रहेका छन् । उनिहरुलाई एक महिना प्रशिक्षण गराईएको गौतमले जनाए ।
उद्योग बाणिज्य संघ चितवन सँगको सहकार्यमा आयोजना भएको उक्त सौन्दर्य प्रतियोगिताको बिजेतालाई चितवन पर्यटन बोर्डले चितवन टुरिजमको ब्राण्ड एम्बास्डर बनाउनेछ । यस्तै बिजेताले एभरेष्ट फिल्म एकेडेमीबाट छात्राबृती तथा ब्रोसिस एभेन्ट र संयम स्टुडियोबाट म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । प्रतियोगितामा २१ बिधामा सब टाइटल दिईने बताईएको छ । उक्त सौन्दर्य प्रतियोगिताको अनलाइन पार्टनरमा ए टु जेड समाचार डम कम रहेको छ ।
तपाइँको प्रतिक्रिया