इतिहास बनाउनबाट फेरी चुक्यो नेपाली महिला फुटबल टोली
भाद्र २६ – नेपाली राष्ट्रिय महिला फुटबल टोली नादेझ्दा कपको उपबिजेतामा सिमित भएको छ । प्रतियोगिता अन्तर्गत आज (बिहिबार) सम्पन उपाधी भिडन्तमा उज्वेकिस्तानसँग पराजित हुदै हुँदै नेपाल उपबिजेतामा सिमित भएको हो ।
किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको उपाधी भिडन्तमा नेपाल उज्वेकिस्तानसँग ३–२ ले स्तब्ध भयो । खेलको ३९औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानले पहिलो हाफमा नेपाल बिरुद्द १-० को अग्रता बनाएको थियो । दोस्रो दुबै टोलीले समान २-२ गोल गरे ।
खेलको ५५औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर बनायो । लगत्तै ६४औं मिनेटमा अर्को गोल गर्दै उज्वेकिस्तानले ३–० को अग्रता लियो । त्यस पछी नेपालले खेलमा फर्कने संकेत गरेको थियो । खेलको ६७औं मिनेटमा अनिता बस्नेतको पासमा सावित्रा भण्डारीको गोल गर्दै ३–१ उज्वेकिस्तानको अग्रता ३-१ मा झारिन् । त्यस्तै, खेलको अन्तिम समयमा नेपालले पेनाल्टी पाएको थियो । ९०औं मिनेटमा सावित्राले पेनाल्टीबाट गोल गरेपनि त्यो नेपाललाई जित दिलाउन पर्याप्त भएन र नेपाल पराजित भयो ।
योसँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्दै इतिहास बनाउनबाट नेपाली महिला टिम चुकेको छ । अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जित्न सकेको छैन ।
तपाइँको प्रतिक्रिया