काँग्रेसमा लागेको खिया जागरण अभियानले फाल्ने
चितवन, भाद्र २६ – नेपाली काँग्रेसको दोश्रो चरणको जनजागरण अभियान अन्तरगत आज भरतपुर ४, लंकूमा वडा स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम चितवन क्षेत्र नं २ प्रदेश ख अन्तरकृया भरतपुर वडा नं ४ ले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा जसरी फलाममा लागेको खिया खाग्सीले फाल्छ त्यसै गरी काँग्रसमा लागेको खिया जागरण अभियानले फाल्ने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले बिश्वास लिएका थिए । उनीहरुले यस्ता कार्यक्रमले नेता र कार्यकर्ताको मन माझ्न सहयोग पुग्ने बताए ।
जनजागरण अभियानले अन्तरकृया कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले केन्द्रको निणर्यले गर्दा जिल्ला कमजोर भएको भन्दै आक्रोश पोखेका थिए । सयौंको सख्यामा उपस्थित कार्यकर्ताहरुले जनजागरण अभियान वडा र प्रदेशमा भन्दा बढि जिल्ला, प्रदेश र केन्द्रमा आवश्यक परेकोे भन्दै ब्यङ्ग समेत गरेका थिए ।
अन्तरकृया कार्यक्रममा सहभागीहरुले आशन ग्रहण र मन्तब्य भद्दा भएको, बिभिन्न बिषयमा पाटीको स्पष्ट दृष्टिकोण नआएको , नेताहरुमा जिम्मेवारीबोध नभएको, राम्रो समुहमा रमाउन थालेको लगायतको बिषयमा ध्यानाकर्षण गराएका थिए ।
एउटा निर्वाचन हार्दैमा आफुहरु निरास नभएको नेतृत्वलाई बताएका थिए । कार्यकर्ताको जिज्ञासाको जिल्ला प्रतिनिधि तथा नेपाली काँग्रेस चितवनकी प्रवक्ता निता ढकाल तथा केन्द्रिय प्रतिनिधि रामचन्द्र अर्याल माईकलले उत्तर दिएका थिए ।
कार्यक्रममा उनीहरुले केन्द्रले निणर्यलाई कार्यकर्ताहरुले कसरी लिनुभएको छ भनेर बुझ्न यस्ता कार्यक्रम भएको बताए । कमि कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा अझै राम्रा कार्यका लागि यी सुझाबहरु महत्वपूर्ण हुने बताए ।
कार्यक्रम नेपाली काँग्रेस भरतपुर वडा नं ४ का बुथ सभापति रेशमलाल कंडेलको सभापतित्व तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि रामचन्द्र अर्याल माईकलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा चितवन क्षेत्र नं २ प्रदेश ख का अध्यक्ष डा गुणराज क्षेत्रि, चितवन क्षेत्र नं २ का सभापति भरत लामिछाने, जिल्ला सदस्य निलमणि पाठक, नेपाली काँग्रेसका जिल्ला सभापति जीत नारायण श्रेष्ठले मन्तब्य ब्यक्त गरेका थिए ।
भाद्र २४ गते देशभरी बृक्षारोपण गरी अभियान शुरु गरेको नेपाली काँग्रेसले अभियान अन्र्तगत बिभिन्न वडाहरुको अन्तरकृया तथा सभाहरु गर्नेछ । यहि असोज ७ गते सरकार बिरुद्ध बिरोध¥याली गरी दोश्रो चरणको जागरण अभियानको समापन गर्ने नेपाली काँग्रेसले जनाएको छ ।
तपाइँको प्रतिक्रिया