नेपाल प्रहरीकाे तीन भवनको एकसाथ शिलान्यास
काठमाडौं, भाद्र २४ नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र बहुउद्देश्यीय भवनको एक साथ शिलान्यास गरेको छ ।मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टेकुमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाण्डौ र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निर्माणकाे शिलान्यास गरे ।
२०७२ सालको महाभूकम्पले हनुमानढोकामा रहेकाे महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि त्रिपाल मुनि बसेर सेवा प्रदान गर्दे आएको थियो ।अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो ।
टेकुमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार वर्ग फिटको हुने छ भने भद्रकालीमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमण्डौको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार वर्ग फिटको हुने प्रहरी नायब महानिरीक्षक सिंंहले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल पुलिसको बहुउद्देश्यीय भवनमा ७ सय ५० जना क्षमताको हलसहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन् । सबै भवनहरु भूकम्पप्रतिरोधी साथै वातावरण मैत्री हुनेछन् ।
तपाइँको प्रतिक्रिया