पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा आयल निगमले घटायो इन्धनको मूल्य
काठमाडौं, भाद्र २४ – पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको छ ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य मंगलबार दिउँसो १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख पौडेलको भनाइ छ ।
तपाइँको प्रतिक्रिया