करेन्ट लागेर वीरगञ्जमा एक जनाको ज्यान गयो
वीरगञ्ज, भाद्र २३ – करेन्ट लागेर वीरगञ्जमा एक जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अजय दासको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
वीरगञ्ज–१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए । घाइते दासलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया