बंगलादेशलाई जित्नै पर्ने दबाबमा नेपाल

भाद्र २२ – एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) अर्को टेस्ट राष्ट्र बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न बंगलादेशमाथि जित निकाल्नै पर्ने चुनौती छ । यदि आइतबार नेपाल बंगलादेशसँग पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना सकिने छ । पहिलो खेलमा बंगलादेशले यूएईलाई पराजित गरेको थियो ।
नेपाल र बंगालादेश अहिलेसम्म आठ पटक खेलिसकेका छन् ।१९९८ मा पहिलो पटक खेलको यी दुई टिम अन्तिम पटक बंगलादेशमा नै दुई पक्षीय सिरिज खेलका थिए । यो बीचमा नेपालले बंगलादेशलाई दुई पटक मात्रै हराएको छ ।सन् २००२ को विश्वकपको प्लेट च्याम्पियनसिपमा पराजित गरेको थियो भने अन्तिम पटक बंगलादेशलाई दुईपक्षीय सिरीजमा उसकै मैदानमा हराएको थियो ।



तपाइँको प्रतिक्रिया