कार्कीको नेतृत्वमा मेटल एवं फेब्रिकेट उद्यमीहरुको तदर्थ समिती गठन
चितवन, भाद्र २१ – मेटल एवं फेब्रिकेट उद्यमीहरुको प्रारम्भिक भेलाले ताराबहादुर कार्कीको नेतृत्वमा तदर्थ समिती गठन गरेको छ । आज (शनिबार) सम्पन्न प्रारम्भिक भेलाले चितनव उद्योग संघका कार्यसमिति सदस्य एवं मेटल उद्यमी कार्कीको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
समितीको उपाध्यक्षहरुमा शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, बिष्णु प्रसाद कँडेल, सचिवमा राजु पुडासैनी, कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ, सह–सचिवमा राजकुमार श्रेष्ठ, सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, सोमकुुमार श्रेष्ठ, विवेक देवकोटा, बिरेन्द्र बहादुर दवाडी, रुकेश सापकोटा र सिताराम शाह कलवार रहेका छन् ।
तदर्थ समितिले नयाँ संस्थाको नाम चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति राख्ने निर्णय समेत गरेको छ । साथै संस्थालाई दर्ता प्रक्रियामा लैजानको लागि उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा बिधान मस्यौदा तयारी समिति समेत गठन गरेको तदर्थ समिती अध्यक्ष कार्कीले जानकारी दिए ।
तदर्थ समितिको निर्वाचन मण्डलको संयोजकमा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन सदस्यहरुमा सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत प्रकाश सुवेदी रहनु भएको थियो ।निर्वाचन टोलीले निर्वाचत तदर्थ समितिका सदस्यहरुलाई शुभकामना समेत व्यक्त गरेको छ ।
कार्यक्रममा तदर्थ समितिका अध्यक्ष तारा बहादुर कार्कीले अब छिट्टै समितिलाई पूर्ण रुपका साथ संस्था दर्ताको लागि लाग्न सम्पूर्ण तदर्थ समितिका सदस्यहरुलाई आग्रह समेत गरेको थियो । भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष ताराप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए ।
साधारणसभाद्वारा समिति विद्यटन
चितवन मेटल इन्जिनियरिङ्ग उद्योग समितिको चौथो साधारणसभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । चितवन मेटल इञ्जिनियरिङ्ग उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की (प्रेम)को सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहेका थिए चितवन मेटल इन्जिनियरिङ्ग उद्योग समितिका सल्लाहकार तारा प्रसाद पौडेल विशिष्ट अतिथि रहेका थिए ।
चितवन मेटल इन्जिनियरिङ्ग उद्योग समितिका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा चितवन मेटल इन्जिनियरिड्ड उद्योग समितिका कोषाध्यक्ष मोहन लाल श्रेष्ठले आ.व.०७५÷०७६ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै सचिव राजु पुडासैनीले वार्षिक प्रगति प्रतिवेदन तथा उपाध्यक्ष एवं विवाद तथा विमा परिचालन उप–समितिका संयोजक कृष्णप्रसाद भण्डारीले समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।चितवन मेटल इञ्जिनियरिड्ड उद्योग समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति तारा बहादुर कार्कीले हाल रहेको समितिलाई विद्यटन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
तपाइँको प्रतिक्रिया