पललाई दीपिकाको हिरो बन्न प्रस्ताव

चितवन, भाद्र २० – पल शाहलाई ठुलो पर्दा खास्सै फापेको छैन । म्युजिक भिडियोमा हिट भए पनि उनी अभिनित प्राय सबै जसो चलचित्रहरु फ्लप भएका छन् । चलचित्र फ्लप नै भए पनि उनको डिमाण्ड भने घटेको छैन । पछील्लो उनी सुदर्शन थापाको निर्देशनमा निर्माण भईरहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सुटिङ शुरु गरेका छन् । यो सँगै पललाई अन्य चलचित्रहरुको पनि अफर आईरहेको छ ।
यसै बिच उनलाई ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ फेम्ड निर्देशक सम्हालिसकेका निर्देशक दीवाकर भट्टराईले एक नयाँ चलचित्रको लागि अफर गरेका छन् । निर्देशक भट्टराईले पललाई एक नयाँ चलचित्रको प्रस्ताब गरेको खबर यती बेला बाहिरिएको छ ।
निर्देशक भट्टराई हाल चलचित्र ‘तिमीसँगै हुने मन छ’ को तयारीमा छन् । उनी स्वयंले यसको निर्माण गर्दैछन् । अभिनेत्रीको रुपमा श्रीमती दीपिका प्रसाईंलाई फाइनल गरेका छन् । यो फिल्ममा दीपिकासँग अभिनेता आर्यन सिग्देलको जोडी बाँध्ने तयारी रहेको चर्चा चलेको थियो । तर, उनीसँग अर्को फिल्मका लागि कुरा भएको निर्देशक दीवाकरले स्पष्टिकरण दिएका छन् ।



अहुले आएर उक्त चलचित्रमा पललाई अफर गरिएको खबर चर्चामा रहेको छ । निर्देशक भट्टराईले पनि यो कुरा स्वीकार गर्दै पलसँग औपचारिक कुराकानी भएको बताएका छन् । तर उनले औपचारिक रुपमा सम्झौता भने नभएको जनाएका छन् । ‘म यस्ता गीत गाउँछु २’ पछि पल यो फिल्म गर्ने मनस्थितिमा रहेको बुझिएको छ ।
तपाइँको प्रतिक्रिया