यू–१९ एसिया कप : नेपाल पहिलो खेलमै पराजित

काठमाडौं, भाद्र २० – नेपाल एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नै पराजित भएको छ ।आज (शुक्रबार) सम्पन्न भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटको पराजित भएको हो ।
नेपालले दिएको १६० रनको मध्यम लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा कामिल मिसाराले ५५ रनको महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका ।
यस्तै अहान विक्रमासिंंघेले पनि ३० रन बनाए भने निपुन धनञ्जयाले १८ रन बनाएर आउट भए । अभिष्का थारिन्दुले अविजित २५ रन जोडे । बलिङतर्फ नेपालका रशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।



त्यस अघी वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले १५९ रनको सामान्य स्कोर खडा गरेको थियो । नेपालको लागि रित गौतमले सर्वाधिक ५४ रनकाे अर्धशतकीय पारी खेले । त्यस्तै रोहित कुमार पौडेल अर्धशतक बनाउनबाट मात्र ३ रनले चुके । उनले ४७ रन बनाए ।
श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले ३-३ विकेट थिए । नेपालले आफ्नो दोस्रो खेलमा अब बंगलादेशको सामना गर्नेछ । उक्त खेल आइतबार हुनेछ ।
तपाइँको प्रतिक्रिया