फेरी बढ्यो सुनको मुल्य, तोलाको ७३ हजार ५००
काठमाडौं, भदौ १८ – बुधबार सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य रु ४५ ले बढेको छ । मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो ।
तपाइँको प्रतिक्रिया