राजश्व कार्यालय, भरतपुरको कर संकलन लक्ष्य ४३ अर्ब:लक्ष्य पुरा हुने कार्यालयको दाबी
सूर्यप्रसाद अधिकारी , भदौ १७ , चितवन । चालु आर्थिक बर्ष (२०६६÷०६७)को लागि विभागले आन्तरिक राजश्व कार्यालयललाई ४३ अर्ब ३८ करोड ७७ लाख रुपैयांँ लक्ष्य दिएको छ । गतबर्षको तुलनामा यो रकम झण्डै साढे १३ अर्ब रुपैयांँ रकम बढी रहेको छ । गतबर्ष कार्यालयलाई ३० अर्ब ३४ करोड ५६ लाख ५९ हजार लक्ष्य दिइएकोमा कार्यालयले ३० अर्ब ६४ लाख ५४ हजार ४सय रुपैयांँ संकलन गरेको थियो ।
कार्यालयले दिएको जानकारी अनुसार गतबर्ष आयकर शिर्षकमा २ अर्ब २१ करोड ७२ लाख ७ हजार असुली गरेकोमा यसबर्ष ३ अर्ब ६ करोड ४७ लाख ४४ हजार रुपैयांँ रहेको छ । गतबर्ष बहालकर बाट कार्यालयले ६ करोड २४ लाख ३६ हजार रकम असुली गरेको थियो भने चालु आर्थिक बर्ष लक्ष्य ९ करोड ३९ लाख २३ हजार रुपैयांँ दिइएको छ । यस्तै कार्यालयले बैंकको ब्याज कर अन्र्तगत गतबर्षमा १० करोड ६८ लाख ६८ हजार रुपैयांँ असुलेको थियो भने यसबर्ष यस शिर्षकमा १८ करोड १० लाख ८३ हजार रुपैयांँ लक्ष्य छ । यस्तै गतबर्ष मुल्य अभिबृद्धि कर अन्र्तगत १ अर्ब ६५ करोड ६८ लाख १३ हजार रुपैयांँ रहेको थियो भने चालुबर्षको लागि २ अर्ब ८ करोड ९८ लाख , १९ हजार लक्ष्य तोकेको छ।
अन्तशुल्क शिर्षक अन्र्तगत गत बर्ष कार्यालयले २६ अर्ब २५ करोड ६१ लाख ६७ हजार रुपैयांँ असुल गरेको थियो भने चालु आर्थिक बर्षमा कार्यालयलाई ३७ अर्ब ९४ लाख ४३ लाख ८८ हजार रुपैयांँ लक्ष्य तोकिएको छ । यस्तै शिक्षा सेवा शुल्कमा गतबर्ष १ करोड २७ लाख १हजार असुली भएकोमा यसबर्षको लक्ष्य १ करोड ३७ लाख ४३ हजार लक्ष्य विभागले तोकेको छ ।
कार्यालयका प्रमुख शुबप्रसाद रिजाल यसबर्ष विभागले तुलनात्मक रुपमा कर संकलन लक्ष्य बढी दिएपनि लक्षित कर संकलन गर्ने दाबी गर्छन । ‘विभागले लक्ष्य बढी त दिएकै छ, उनले भने, तर हामीले लक्ष्य अनुसार कर संकलन सजिलै गर्न सक्छौं ।’ गतबर्षभन्दा यसबर्ष करको दर र दायरा उल्लेखित रुपमा बढ्दै गएको कारण पनि लक्ष्य अनुसारको कर संकलन गर्न सकिने उनको भनाई छ । जिल्लामा अन्य करको तुलनामा अन्तशुल्कको कर संकलन बढी रहेकोले यसबर्ष अन्तशुल्कबाट बढी उठ्ने आंकलन गरिएको छ।
कार्यालयका सूचना अधिकारी धनीश्वर अर्याल, चितवन र नवलपरासीमा मध्यपान र सूर्तीजन्य उद्योगहरु बढी रहेकोले कर संकलनको आधार बलियो रहेको बताउंँछन । ‘मदिराजन्य र सूर्ती जन्य बस्तुको कर पनि बढेको छ, यससम्बन्धी उद्योगहरुपनि सञ्चालन हुने क्रम बढ्दो छ ।’ उनले भने । उनका अनुसार कुरिनटारमा यसबर्ष याक व्रिभिङ्ग वियर कम्पनी सञ्चालनमा आएकोले पनि कर संकलन बढ्नेछ । यसैगरी आल्मुनियमका उत्पादन, चाउचाउ, दालमोठ लगायतका बस्तुहरुमा पनि अन्तशुल्क लाग्ने भएकोले कर संकलन लक्ष्य अनुसार हुने उनको भनाई छ ।
लक्ष्य अनुसारको कर संकलनको लागि कार्यालयले, बक्यौता उठाउने, करको दायरा बढाउने, जरीवाना गर्ने , राजश्व चुहाबट रोक्ने लगायत कर सम्बन्धी जनचेतना फैलाउने काम गरिने बताएको छ ।
हरेक आर्थिक बर्ष बजेटको लक्ष्य पुराउन भन्सार कार्यालय , आन्तरिक राजश्व ,कार्यालय र ग्रैहकर संकलन गर्ने कार्यालयलाई करको लक्ष्य तोक्ने गरेको छ ।
अन्तशुल्क बस्तुको अन्र्तगत कर के कति बढ्यो ?
आन्तरिक राजश्व कार्यालयले गतबर्ष बियर मा प्रतिलिटर १५० रुपैयांँ कर असुल्दै आएकोमा यसबर्ष प्रतिलिटर १५ रुपैयांँ बढाएर १६५ रुपैयांँ बनाएको छ । यस्तै ३० युपी शक्ति मदिरा गत बर्ष प्रति एलपी लिटर १ हजार १ सय ९४ रुपैयांँ रहेकोमा यसबर्ष १ हजार ३ सय १५ रुपैया बनाइएको छ । यस्तै २५ युपी शक्ति मदिराको गतबर्ष प्रतिलिटर ८सय९८ रुपैयांँ रहेकोमा यसबर्ष ९ सय ९० रुपैयांँ कायम गरिएको छ । ४० युपी शक्ति मदिराको गतबर्ष प्रतिलिटर ४सय २० रुपैयांँ रहेकोमा हाल यो बर्ष ४ सय ६५ रुपैयांँ कायम गरिएको छ । यस्तै गत बर्ष ५० शक्ति युपी मदिराको करको दर प्रतिलिटर ३ सय ४२ रुपैयांँ रहेकोमा यसबर्ष ३ सय ७५ रुपैयांँ र ७० युपी मदिराको गतबर्ष ३१ रुपैयांँ प्रतिलिटर भएकोमा यसबर्ष बढेर ३५ रुपैयांँ भएको छ । यस्तै इनर्जी ड्रिन्क्सको गतबर्ष प्रतिलिटर २५ रुपैयांँ कर तोकिएकोमा यसबर्ष ३० रुपैयांँ कायम गरिएको छ ।
यस्तै सरकारले सूर्तीजन्य बस्तुको कर समेत बढाएको छ जसअन्र्तगत गतबर्ष प्रतिकेजी खैनीको ५सय ५४ रुपैयांँ रहेकोमा यसबर्ष बढेर प्रतिकेजी ६सय १० रुपैयांँ तोकिएको छ । यस्तै गतबर्ष सूर्तीको कर प्रतिकेजी ३०५ बाट बढाएर यसबर्ष ३सय ३५ रुपैयांँ कायम गरिएको छ ।
तपाइँको प्रतिक्रिया