भरतपुरको चौविसकोठीमा निशुल्क कपडा घर सञ्चालन
चितवन, भाद्र १३ : भरतपुरको चौविसकोठीमा आजबाट निशुल्क कपडा घर सञ्चालनमा आएको छ । भरतपुर महानगरको समन्वयमा बेटर चितवन र रोट्र्याक्ट क्लब अफ नारायणी मिड टाउनले कपडा घर सञ्चालनमा ल्याएको हो । यस्तै बोस्टन ईन्टरनेस्नल कलेज, रोटरी ईन्टरनेस्नल, रोटरी क्लब अफ नारायणी मिड टाउन र परिचय संस्थाले सहयोग गरेको छ । कपडा घरको भरतपुर महानागरपालिकाकि प्रमुख रेनु दाहालले शुक्रवार दिउँसो एक कार्यक्रमका विच उदघाटन गरेकि हुन ।
निशुल्क कपडा घर सञ्चालनमा आउनु निक्कै नै सह्रानीय कदम भएको दाहाल ले बताईन । उनले यस्तो पुन्य काम जिल्लाको अन्य स्थानमा पनि क्रमस सञ्चालन गर्दै जानुपर्नेमा जोड दिईन । यस्ता विभिन्न सामाजीक काममा महानगर विभिन्न संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता पनि जनाएकी थिईन । कपडा घरमा भएका सट, पाईन्ट, कपडा, सुज, ज्याकेट लगायतका विभिन्न प्रकारका कपडाहरु आवश्यक पर्ने व्यक्तिले निशुल्क लैजान सक्ने सञ्चालक बेटर चितवनका संस्थापक सम्योजक सागर कार्किले बताए । सुरुवात गर्नु ठुलो कुरा होइन तर रेखदेख गर्न साह्रै गाह्रो हुन्छ कार्की थप्छन ,नयाँ तथा पुराना तर लगाउन मिल्ने सबैखाले कपडा यहाँ रहनेछन हामीले सुरु गर्यौ अब सबैको सहयोगको अपेक्ष्या गर्छौ कार्की बताउछन निशुल्क कपडा घरलाई व्यवस्थीत गर्न सञ्चालक समितिनै गठन गरीएको छ ।
चाहिएजती लानुहोस् चाहिनेले मात्र लानुहोस् आवश्यक पर्नेले प्रयोग गर्नुका साथै विभिन्न किसिमका प्राकृतिक विपत्त भएको स्थानमा सहयोग गर्दै जाने योजना रहेको कार्किले बताए । जोकोहि व्यक्तिले आफुसँग भएका थप कपडाहरु यस कपडा घरमा ल्याएर राख्नसक्नेछन । कपडा घर उदघाटनकै क्रममा दर्जनौ व्यक्तिले आफुलाई आवश्यक पर्ने कपडा निशुल्कै लगाएका थिए । उदघाटन कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नेत्र प्रसाद सुवेदी, भरतपुर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी लगायत विभिन्न सामाजीक संघ संस्थाका अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया