सिएमसीमा स्वास्थ्यकर्मीका लागि व्यवसायिक भाषा कक्षा शुरु
भदौ १३, चितवन । चिकित्सा पेशामा लागेका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीका लागि चितवन मेडिकल कलेजमा व्यवसायकि अंग्रेजी भाषा कक्षा( ओइटी) शुरु भएको छ । आज अस्पतालमा औपचारिक रुपमा उद्धघाटन गरी कक्षा शुरु भएको जानकारी अस्पतालले दिएको छ।
यो बिशेष भाषा कक्षा वैदेशिक रोजगारी तथा अध्ययन गर्न जाने स्वास्थ्य कर्मीको लागि शुरु गर्न लागिएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिनुभयो । उहांँका अनुसार यो कक्षा लिन स्वास्थ्यकर्मीले अलग्गै अंग्रेजी भाषा टेष्ट परीक्षा दिनुपर्ने छ । बिदेशमा मेडिकल क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्ने विद्यार्थीका लागि बढी लाभदायक रहने देवकोटाको भनाई छ।
यस कक्षामा भर्ना हुनको लागि स्वास्थ्य सम्बन्धी ९ वटा विद्यामा काम तथा अध्ययन गर्ने विद्यार्थीहरुले लिन सक्नेछन । यस कक्षा कोर्ष ४ हप्ताको अवधि रहने छ । साउथ इण्डियाको एक संस्थासंँग सहकार्य गरी यो कक्षा सञ्चालन भएको अस्पतालले बताएको छ । काडमाडौ पछि चितवनमा पहिलोपटक यस बिशेष भाषा कक्षा शुरु गरिएको हो ।
तपाइँको प्रतिक्रिया