सर्वाधिक पुरस्कार राशीको प्रकाश दाहाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता हुने
काठमाडौं, भाद्र ११ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको स्मृतिमा काठमाडौंमा सर्वाधिक पुरस्कार राशीको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रगतिशील युवा नेपालले भदौ २४ देखि २८ गतेसम्म घरेलु भलिबलमा सर्वाधिक पुरस्कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज (बुधबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले ३ लाख प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै तेस्रो हुने टोलीले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल हात पार्नेछन् भने बेस्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा तीन विभागीयसहित १० टोलीको सहभागिता रहनेछ छन् भने एक टोलीले एकै पटकमा बढीमा ३ विदेशी खेलाडी खेलाउन पाउने बताईएको छ । प्रतियोगिताको खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।
तपाइँको प्रतिक्रिया