संविधान दिवस गलफ्रेण्ड र ब्वाईफ्रेण्ड भेट्नका लागि होइन : मन्त्री बाँस्कोटा
काठमाडौं, भाद्र ११ – संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान दिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबैलाई आग्रह गरेका छन् ।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताए ।
उहाँले संविधान दिवस अन्र्तगत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिए ।
उनले भए, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’
तपाइँको प्रतिक्रिया