भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने कार्यशैलीप्रति कांग्रेसको आपत्ती
काठमाडौं, भाद्र ११ – भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ ।नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बुधबार संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकेर पनि सिंगापुरबाट प्रधानमन्त्री केपी शर्मा ओली आफै बैठकमा सहभागी हुनु संवैधानिक र कानूनी प्रक्रियागत रुपमा नै त्रुटीपूर्ण भएको बताए ।
भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ती प्रकट गर्दै उनले प्रविधि प्रयोग गरेर गरिएका कतिपय अभ्यासहरुको गोपनियता भंग हुने भएकाले यस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनुलाई स्वीकार गर्न नसकिने बताए ।प्रवक्ता शर्माले गोपनियता भंग हुन सक्ने र न्यायपालिका र व्यवस्थापिकामा पनि यस्तै नजिर बस्न सक्ने भन्दै आपत्ती जनाए ।
तपाइँको प्रतिक्रिया