निप्पोनको सफलताको १० औं बर्ष
चितवन, भाद्र ११ – उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिदै आईरहेको निप्पोन एजुकेसनल सेन्टर स्थापनाको १० औं बर्षमा प्रवेश गरेको छ । बि.स २०६७ भाद्र ११ गते (सन् २०१०) स्थापना भएको निप्पोन एजुकेसनल सफलता पुर्वक नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको हो ।
१० औं बर्षमा प्रवेश गरेको खुशीयालिमा निप्पोनले (आज) बुधवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । निप्पोनको कार्यालयमा नै आयोजित उक्त कार्यक्रममा बोल्दै संस्थाका प्रवन्ध निर्देशक दिपक चन्द्र भट्टराईले गएको ९ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको बताएका छन् । उनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकाल देखी नै विद्यार्थीहरुको मन जित्न सफल भईरहेको बताए ।
निप्पोनले उच्च शिक्षाको लागि जापान जान चाहने बिद्यार्थीहरुको लागि मुख्य सेतुको रुपमा काम गरिरहेको उनले बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले स्थापनाकाल देखी नै जापान जान चाहने विद्यार्थीहरुको सपना पुरा गर्दै आईरहेको भट्टराईको भनाई छ । संस्थाले प्रदान गर्ने गुणस्तरियताको कारण नै विद्यार्थीहरुले विश्वास गर्ने गरेको उनको दाबी छ ।
आगामी दिनमा पनि गुणस्तरियताकोमा कुनै पनि कमी नगर्ने उनले बताए । विद्यार्थीहरुको रुची, अवस्था र प्राथमिकतालाई ध्यानमा राखी स्पस्ट परामर्श दिनु नै निप्पोनको बिशेषता भएको उनको भनाई छ । सहिदचोक नारायणगढमा मुख्य कार्यालय रहेको निप्पोनको पुर्वी चितवनको पर्सामा पनि शाखा कार्यलय रहेको छ । निप्पोनमा अहिले ४ जना शिक्षकहरुले शिक्षाण गरीरहेका छन् ।
तपाइँको प्रतिक्रिया