प्रधानमन्त्रीको चासोपछि दुधको नयाँ मूल्य निर्धारण रोकियो
काठमाडौं, भाद्र ११ – दूधको मूल्य बढाउन गठित कार्यदलको सिफारिसमा प्रधानमन्त्रीको चासोपछि नयाँ मूल्य निर्धारण रोकिएको छ । भदौ १ गतेबाटै लागू हुने गरी दूधको मूल्य बढाउने तयारी कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अहिले सिंगापुरमा छन् । उनी नफर्किउञ्जेल यस विषयमा नयाँ निर्णय नहुने स्रोतले बतायो । प्रधानमन्त्री नेपाल फर्किने दिन निश्चित भएको छैन ।
साउन २९ गते गठित कार्यदलले सिजनअनुसार दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सकिने सिफारिस गरेको थियो । एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने भन्दै दूधको मूल्य बढाउने विषयमा प्रधानमन्त्रीले चासो व्यक्त गरेका हुन् ।
तपाइँको प्रतिक्रिया