अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

एटुजेड समाचार

भोजपुर, भदौ ११ – भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको रु छ करोड ५३ लाखको  लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको  थियो । अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु