भ्रमणवर्ष २०२० : ‘पाँचतारे होटेलमा कार्यक्रम गर्न पैसा पुग्ने,प्रवर्धनमा किन पुग्दैन ?
काठमाडौं, भाद्र १० – नेपाल भ्रमण वर्षको तयारीप्रति प्रदेश सरकारहरुले तीव्र असन्तुष्टि जनाएका छन् । संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईको नेतृत्वमा मंगलबार बसेको मूल आयोजक समितिको बैठकमा मूख्यमन्त्री तथा पर्यटनमन्त्रीहरुले भ्रमण वर्षको तयारी सुस्त भएको बताएका हुन् ।
कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले भम्रण वर्षको तयारी सकिएर स्वागत–सत्कारमा लाग्नुपर्ने समयमा पनि प्रारम्भक छलफलमै रहनुबाट आफू निरास भएको बताए । ‘कुनै उपलब्धी नहुने बैठकमा म किन कर्णालीबाट यहाँ धाइरहनुपर्थ्यो र ?’ उनले प्रश्न गरे, ‘यस्तो तरिकाले काम चल्दैन ।’
बैठकको शुरुमै भ्रमण वर्षका संयोजक सुरज बैद्यले अभियानका लागि सरकारले पर्याप्त बजेट दिन नसकेको बताएका थिए । प्रतिउत्तरमा मुुख्यमन्त्री शाहीले भने, ‘पाँचतारे होटेलमा कार्यक्रम गर्न पैसा पुग्ने, प्रवर्धनमा किन पुग्दैन ? यो कार्यक्रम अन्त गर्न पनि त सकिन्थ्यो ।’
काम गर्न सक्ने हिम्मत नहुनेले बजेटको बहाना बनाउने उनको तर्क छ । स्थानीय, प्रदेशमा उल्लासमय वातावरण रहे पनि संघमा पैसा भएन भन्दै रोइलो गर्नुको साटो स्थानीय तहसम्म पुग्ने नविनतमः अवधारणा ल्याउन उनले सचिवालयलाई आग्रह गरे ।
तपाइँको प्रतिक्रिया