चीनको अस्ट्रेलियासँग सम्बन्ध बिग्रिँदै
काठमाडौँ, भदौ १० – अस्ट्रेलियाले न्यु साउथ वेल्स राज्यका विभिन्न सरकारी विद्यालयमा चीनद्वारा सञ्चालन गरिरहेको शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । न्यू साउथ वेल्स सरकारले चिनियाँ सरकारको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम बन्द गर्ने निर्णय गरेसँगै चीनको विदेश मन्त्रालयले यो निर्णय अनुचित र अनादरपूर्ण भएको जनाएको छ ।
साउथ वेल्स सरकारले चीनको सम्भाव्य प्रचारको आशंकामा यस कार्यक्रमको समीक्षाका लागि आदेश दिएको थियो । यो निर्णयमा आफूहरुसँग कुनै सल्लाह नगरेको चीनको भनाई छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।पत्रपत्रिकाबाट
तपाइँको प्रतिक्रिया