मलेसियन क्लबसँग हार्यो नेपाल
भाद्र १० – फिफा विश्वकप २०२२ का लागि दोस्रो चरण अघीको मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको छ । भदौ १९ गते कुवेतसँग खेल्ने तयारीमा रहेको नेपाल गए राती सम्पन्न खेलमा मलेसियाको सुपरलिग च्याम्पियन क्लब जोहोर दारुलसँग १–० ले पराजित भयो ।
दोस्रो मिनेटमा नेपालका सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकलाई निकोलस अबर्टोले गोल गरेका थिए । त्यही गोल नै दारुलले अन्तिम समयसम्म कायम राखेका थिए ।नेपाली टिममा नियमित कप्तान महर्जन र उपकप्तानहरु किरण चेम्जोङ र भरत खवासलाई थिएनन् । बिराज टिममा नहुँदा सुजल श्रेष्ठले कप्तानी सम्हालेका थिए ।
तपाइँको प्रतिक्रिया