रवि सहित तिनै जनाको पहिलो तारेख असोज ५ गते
चितवन, भाद्र ९ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि अदालतले असोज ५ गते बोलाएको छ । आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो ।
तपाइँको प्रतिक्रिया