रविलाई भेट्न महजोडी चितवनमा, रविले न्याय पाउनेमा विश्वस्त
चितवन, भाद्र ९ – संचारकर्मी रवि लामिछानेलाई भेट्न महजोडी कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य चितवन आईपुगेका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न चितवन आईपुगेका हुन् । चितवन जिल्ला अदालतमा थुनछेक बहस भइरहेका बेला महजोडी अदालत नै पुगेका हुन् ।
भेटपछी पत्रकारहरु सँग कुरा गर्दै मदनकृष्ण श्रेष्ठले अरुलाई दु:ख पर्दा रविले सहयोग गरेको र अहिले रविलाई दु:ख पर्दा सारा नेपालीले साथ दिईरहेको बताए । उनले कानुनमा त्रुटी भएकोले संसोधन गर्न पर्ने बताए । हरिवंश आचार्यले रविले न्याय पाउने विश्वास रहेको बताए । उनले सत्यको जित हुने रविले न्याय पाउने बताए ।
तपाइँको प्रतिक्रिया