रवि समर्थक र प्रहरी बिच ठाउँ ठाउँमा झडप, दुई ट्रकमा तोडफोड
चितवन, भाद्र ८ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका चर्चित संचारकर्मी रवि लामिछानेका समर्थकहरुले आज पनि बिहानै देखी प्रदर्शन गरिरहेका छन् । जिल्लाको सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आज थप कडाइ गरेको छ ।
विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको छ । तर प्रदर्शनकारीहरुले प्रशासनको निषेधआज्ञा तोड्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बिच ठाउँ ठाउँमा झडप भईरहेको छ । केही बेर अघी मात्र पनि चौबिसकोठी, थानेचोक र दुरसन्चार रोडमा प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ ।
झडप पछी प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । यस्तै प्रदर्शनकारीहरुले दुई वटा ट्रकमा तोडफोड गरेका छन् ।काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रक र पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै गरेको ना ४ ख ४३२५ नम्बरको ट्रकमा प्रदर्शनकारीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया