बयान सकिए रवि छुट्ने नछुट्ने आजै टुङ्गो लाग्ने
चितवन, भाद्र ९ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कंडेलको बयान सुरु भएको छ । । पक्राउ परेका तीन जना मध्य अस्मिता भनिने रुकु कार्कीको बयान हिजो नै सकिएको थियो ।
समय अभावको कारण हुन नसकेको रवि र युवराजको बयान आज हुँदैछ ।अहिले युवराजको बयान भईरहेको छ । आज रवि र युवराजको बयान सकिए पछी सबै तिनै जनाको बयान सम्पन्न हुनेछ ।बयान सकिए पछी थुनछेक बहस सुरु हुने र बहस पनि आजै सकिए रवि सहित तिनै जना छुट्ने नछुट्ने टुङ्गो लाग्नेछ । तर बहस नसकिएको खण्डमा भने थुनछेक प्रायोजनका प्रकृया सुरु हुनेछ ।
थुनछेक आदेशको प्रकृया पछी उनिहरुलाई धौरौटीमा छोड्ने वा कारागार चलान हुने भन्ने टुङ्गो लाग्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । धेरै वकिल भएको खण्डमा र बहस आज नसकिएको अवस्थामा भने आजनै टुङ्गो नलाग्न सक्ने पनि उनले बताए ।
https://www.youtube.com/watch?v=98Nu8m1yZSU
तपाइँको प्रतिक्रिया