टी-२० र एकदिवसीय शृङ्खला खेल्न श्रीलंका पाकिस्तान जाने
भाद्र ७ – २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंकाले पहिलो पटक पाकिस्तानमा सिरिज खेल्ने भएको छ । उक्त आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन भने अन्य राष्ट्रले पनि पाकिस्तानमा सिरिज खेलेका छैनन् ।
सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी-२० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । सेप्टेम्बर–अक्टुबरमा खेलिने तीन टी–२० र तीन एक दिवसीय क्रिकेटमध्ये टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ ।
श्रीलंका र पाकिस्तानबीचको टेस्ट सिरिज भने यूएईमा हुने सम्भावना बढी छ । पाकिस्तानमा आतंकवादी हमला भएपछि पाकिस्तानी टिमले यूएईमा अन्तर्राष्ट्रिय तथा घरेलु सिरिज आयोजना गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया