गुठीले हडप्यो पशुपतिको जग्गा

एटुजेड समाचार

काठमाडौं, भाद्र ७ – राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।

सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ ।

राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो ।यो समाचार अन्नपूर्ण पोष्ट्मा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु