आइजीपी खनालले भेटे लामिछानेलाई, असुरक्षित महसुस नगर्न आग्रह
चितवन, भाद्र ६ – जिल्ला प्रहरी कार्यालयहरुको अवलोकन गर्ने क्रममा चितवन आइपुगेका नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई भेट गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे।
भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।
तपाइँको प्रतिक्रिया