वनको विषयमा संघीय सरकार र प्रदेश २ सरकारबीच विवाद
जनकपुर, भाद्र ६ – वनको विषयमा संघीय सरकार र प्रदेश २ सरकारबीच विवाद चर्किएको छ ।संघीय सरकारले आफूसँग परामर्श नै नगरी सर्लाहीको सागरनाथ वन परियोजनालाई द टिम्बर कर्पोरेसनमा गाभेर नेपाल वन लिमिटेड बनाउने निर्णय गरेपछि प्रदेश सरकारले प्रतिवादमा उत्रिएको छ । निर्णयविरुद्ध सर्वोच्च अदालत गएको उसले परियोजनाको कार्यालयमा मन्त्रिपरिषद् बैठक राखेको छ ।
बैठकले संघीय सरकारमाथि वन फडानी गर्ने षड्यन्त्र रचेको ठहर गर्दै सागरनाथलगायत वनको संरक्षण गर्ने, १९५ हेक्टरमा वृक्षारोपण गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठक लगतै सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा २० हेक्टर जग्गामा विभिन्न प्रजातिका ३० हजार विरुवा रोपिएको छ । विक्षारोपणको सुरुवात गर्दै मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षड्यन्त्र सफल हुन नदिने बताए ।
तपाइँको प्रतिक्रिया