प्रचण्ड भन्छन् : जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्छ
काठमाडौं, भाद्र ६ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् ।शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सँदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन्।
कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए ।
‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजाका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेट्न पर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामी कहा पनि यसो हेर्दा लक्षण चाहिँ । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता कता त्यस्तै देखिने – उनले भने ।उनले दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि समेत जनाए ।
तपाइँको प्रतिक्रिया