सोमबार चितवन बन्द
चितवन, भाद्र ६ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भाद्र ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ । आज (शुक्रबार) उसले सोमबार चितवन बन्दको आह्वान गरेको हो । राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले सोमबार चितवन बन्दको आह्वान गरेको हो ।
बिज्ञप्तीमा आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरिएको छ । राप्ती नगरपालिकाको ओहोलेवाङ्गमा जनताको प्रत्यक्ष सहभागीतामा निर्माण भईरहेको सहिद स्मृति प्रतिक्षालय भत्काएर भ्रष्ट जनप्रतिनिधीले जनतामा त्रास फैलाउने काम गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । उसले भाद्र ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस घोषणा गरेको छ भने ९ गते चितवन बन्दको घोषणा गरेको छ ।
तपाइँको प्रतिक्रिया