वडा सचिवविरुद्ध बलात्कार मुद्दा दर्ता
ओखलढुंगा, भाद्र ६ – बलात्कारको आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । छ ।सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ओखलढुंगा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध पनि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी फिए ।आरोपित फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया