ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको छ – राष्ट्रपति भण्डारी
काठमाडौं, भाद्र ६ – राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँधेको बताएकी छिन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमीजस्ता ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्नुका साथै सामाजिक तथा धार्मिक सहिष्णुता एवं सद्भाव अभिवृद्धि गर्न ठूलो मद्दत पुर्याएको बताएकी छिन् ।
‘हाम्रा सांस्कृतिक सम्पदा, प्रचलन र मान्यता राष्ट्रिय जीवनका अमूल्य निधि हुन्’, सन्देशमा उनले भनिन् , ‘मुलुकको सभ्यता र सम्पन्नताको सूचकसमेत मानिने यस्ता मौलिक परम्परा र संस्कृतिको प्रवद्र्धधन गर्नु हामी सबैको साझा दायित्व हो ।’ उनले श्रीकृष्ण जन्माष्टमी पर्वले हामीबीच सदाचार, सत्कर्म, प्रेम र करुणा जागृत गर्न सकोस् भनी कामनासमेत व्यक्त गरिन् ।
यस्तै गौरापर्वको शुभकामना सन्देश दिँदै भण्डारीले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको उल्लेख गर्दै यस्ता लोक परम्परा एवं सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको बताईन् ।
तपाइँको प्रतिक्रिया