निपनीमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम
भदौ ५रत्ननगर ः डेंगुको प्रकोप बढेसंँगै चितवनमा यसको नियन्त्रण र सुरक्षका बारेमा सचेतना कार्यक्रमलाई तीब्रता दिइएको छ । यसैको निरन्तरता स्वरुप बिहीबार रत्ननगर नगरपालिकाको निपनीमा पनि यससम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । यसको नियन्त्रण गर्न निपनी टोल विकास संस्थाको सक्रियतामा टोल वरपर बिहीबार सरसफाई कार्यक्रम गरिएको थियो ।
डेंगुको प्रकोप बढेपछि टोलमा यससम्बन्धी सचेतना फैलाउने उद्धेश्यले सचेतना कार्यक्रम गरिएको संस्था अध्यक्ष टोप बहादुरर सिलवालले जानकारी दिनुभयो । उहांँका अनुसार टोलमा रहेका डेंग्ु बस्ने स्थानको खोजी गरी सरसफाई तथा पानी जम्ने खाल्डाखुल्डी पुरिएको छ । बांँच र बचाऔं भन्ने मुल सन्देशका साथ यसबाट बच्ने उपाय सम्बन्धी सचेतना कार्यक्रम गरिएको उहांँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया