महानगर प्रमुख रेनु दाहालले निष्पक्ष छानबिन को माग गर्दै प्रेस वक्तव्य जारी

एटुजेड समाचार

चितवन, भदौ ५ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पत्रकार सालीकराम पुडासैनी मृत्‍यु प्रकरणको निष्पक्ष छानबिन को माग गरेकी छन् । आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गरेकी हुन । उनले निष्पक्ष, सत्यतथ्य छानविन गरी दोषी नछुटुन र निर्दोष नपरुन भन्ने मान्यता रखेकी छन् ।

साथै उनले सामाजिक सन्जाल मा भ्रामक समाचार नगर्न सबैलाई अनुरोध गरेकी छन् । गत साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियोमा संञ्चारकर्मी रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की तीनजनाको नाम लिएका थिए ।सोही भिडियोको आधारमा अनुसन्धानको लागि उनिहरुलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु