रवि लामिछानेकी श्रीमतीले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी
काठमाडौं, भदौ ४ – रवि लामिछानेकी श्रीमती निकिताले भिडियो किर्ते गरेको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्मलाई किटानी जाहेरी दिएकी छन् ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।
तपाइँको प्रतिक्रिया