गोरखा मनकामना जाने केवलकारको भाडा बढ्यो
चितवन, भदौं ३- गोरखा मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेको थियो भने अहिले बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ ।
एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए । स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको बताएका छन् ।
तपाइँको प्रतिक्रिया